साजा वर्तमान कार्यसमितिका गतिविधिहरू

 

साजा-वर्तमान कार्यसमितिका गतिविधिहरू   

पाँचौँ कार्यसमितिले विगतका चार कार्यसमितिले निर्माण गरेको संस्थागत आधार, पूर्व विद्यार्थीहरूको विश्वास र विद्यालयसँगको आत्मीय सम्बन्धलाई थप सुदृढ बनाउन पहल गरिराखेको छ । हालसम्म यस कार्यसमितिले गरेका कार्यहरू निम्नानुसार रहेका छन्।

  1. च्याप्टर/शाखा/इकाई गठन 

अमर ज्योति पूर्व विद्यार्थी समाजमा पूर्व विद्यार्थीहरू बढीभन्दा बढी आबध्द गराउन र समाजको उद्देश्य परिपूर्तिलाई सहजीकरण गर्न विधानमा भएको व्यवस्था अनुसार साजा चितवन इकाई र साजा गण्डकी इकाई गठन गरिएको छ। आवश्यकता र सक्रियता अनुसार अन्य जिल्लाहरू एवं विदेशका विभिन्न देशहरूमा समेत च्याप्टर/शाखा/इकाई गठन गर्न कार्यविधि तयार पारी सोही अनुसार च्याप्टर/शाखा/इकाई गठन एवं सञ्चालन गर्ने गरी कार्यक्रम अगाडि बढाइएकोछ।

 

  1. सम्पर्क कार्यालय व्यवस्थापन 

कुनै पनि संस्थालाई क्रियाशील र चलायमान बनाइ राख्न कार्यालय व्यवस्थापनको पनि ठूलो भूमिका रहेको हुन्छ। सोही अनुसार साजालाई उद्देश्यमुखी बनाउने कार्यका लागि विधानमा भएको व्यवस्था अनुसार मुख्य कार्यालय गोरखामा व्यवस्थित गरेसँगै सम्पर्क कार्यालय गोंगबु, काठमाडौँमा सञ्चालन गरी दैनिक सम्पर्क, कार्य सञ्चालन एवं गतिविधिहरूलाई निरन्तरता दिने कार्य भएको छ। 

 

  1. स्मारिका प्रकाशन 

साजा स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा “साजा स्मारिका रजत अङ्क-२०८२” प्रकाशन गरी यही आश्विन २५ २०८३ घटस्थापनाको अवसर पारी लोकार्पण गरिएकोछ।

 

  1. सदस्यता विस्तार 

सदस्यहरू नै कुनै पनि संस्थाको मेरुदण्ड हुन्। यसै अनुसार सदस्यता विस्तार गर्न, सम्पूर्ण पूर्व विद्यार्थीहरूलाई साजामा आबध्द गराउन आवश्यक रहेकाले सदस्यता विस्तार अभियान नै सुरु गरी आबध्द  गराउन प्रयासरत रही कार्य गरिएको छ।


 

  1. वेबसाइट निर्माण  

साजाको आफ्नै डिजिटल प्लेटफर्म सञ्चालन गर्ने उद्देश्यका साथ वेभसाइट निर्माण गरी संचालनमा ल्याइएकोछ।

 

  1. साजा रनिङ शिल्ड प्रतियोगिता-२०८२

अमर ज्योति जनता मा.वि. स्थापनाको अवसरमा प्रत्येक वर्ष विद्यालयको वार्षिकोत्सवमा सञ्चालन गर्ने गरी पालुङटार नगरपालिका स्तरीय “साजा वक्तृत्वकला रनिङ शिल्ड प्रतियोगिता” सञ्चालन कार्यको थालनी भएको छ। विद्यालयको ६५औं वार्षिकोत्सवको अवसरमा २०८२ फागुन ८ र ९ गते सञ्चालन गरिएको रनिङ शिल्ड प्रतियोगितामा १० विद्यालय सहभागी रहेकोमा रनिङ शिल्ड-२०८२ सहित श्री अमर ज्योति जनता मा.वि.का छात्र उमङ्ग देवकोटा (प्रथम), श्री जनता मा.वि.का छात्र आशिष कार्की (द्वितीय), श्री त्रिवेणी मा.वि.का छात्रा सिमाना लामा (तृतीय) र मदने डाँडा मा.वि.का छात्रा एलिना श्रेष्ठ (सान्त्वना) भएका थिए।

 

  1. भित्तेपात्रो प्रकाशन कार्य

अमर ज्योति पूर्व विद्यार्थी समाज (साजा) को नियमित कार्यक्रम अन्तर्गत वि.सं. 208३ को  भित्तेपात्रो प्रकाशन गरिएको छ।

 

  1. विधानको प्रावधान अनुसार विभिन्न समिति/उपसमिति गठन एवं सल्लाहकार मनोनयन

(सल्लाहकारहरूको नामावली अनुसूची-२(ञ) मा राखिएको छ)

 

  1. विभिन्न विद्यालयका पूर्व विद्यार्थी समाजहरूसंग छलफल, सहकार्यमा पहल गर्ने कार्यको थालनी गरिएको छ ।

समग्रमा साजालाई भविष्यसम्म सबल संस्थाका रूपमा स्थापित गरी आगामी यात्रा अझ व्यवस्थित, प्रभावकारी र दिगो सञ्चालन गर्न कार्यसमितिले विभिन्न गतिविधिहरू संचालन गर्दै जाने विश्वाश दिलाउन चाहन्छौं ।