अमर ज्योति पूर्व विद्यार्थी समाज-साजा
अमर ज्योति पूर्व विद्यार्थी समाज, अमर ज्योति जनता माध्यमिक विद्यालय (लुईंटेल-स्कूल) का पूर्व विद्यार्थीहरूको साझा चौतारी हो । २०५६ माघ १० गते स्थापना भएको यस संस्था मार्फत २०२२ सालमा यस विद्यालयबाट एस. एल. सी. उत्तिर्ण गर्ने अग्रज पुस्तादेखि यसै शैक्षिक सत्रमा एस. इ. इ./+२ गर्ने अनुज पुस्तासम्मका ३९०० भन्दा बढी र यस विद्यालयमा कम्तिमा १ शैक्षिक सत्र पूरा गरेका सम्पूर्ण पूर्व विद्यार्थीहरूलाई पारस्परिक सम्पर्क, आत्मीयता, सद्भाव र ऐकवध्दता कायम गरी आपसी सहयोग आदन प्रदान गर्ने अवसर प्राप्त भएको छ ।
अग्रज पुस्ताको सीप र अनुभव अनि अनुज पुस्ताको जोस र जाँगरको सदुपयोग गरी ब्यक्तिगत, सामुहिक साथै देश विकासकोलागि कार्य गर्ने तथा ग्रामिण परिवेशमा सर्वसुलभ र गुणस्तरीय शिक्षालाई “अमर ज्योति शिक्षा दर्शन” को रूपमा गुणस्तरीय विद्यालय शिक्षा कायम गर्न सहयोग गर्ने लगायतका उद्देश्यहरू यस संस्थाको रहेको छ ।
संस्थाको उद्देश्य अनुरूप नै साजा कार्यसमितिले देश तथा विदेशमा छरिएर रहेका पूर्व विद्यार्थीहरूसंग समन्वय गरी उनीहरूको ज्ञान, सीप, अनुभव तथा सद्भाव एकीकृत गर्ने कार्यलाई तिव्रता दिएको छ । यसै गरी समाजले विद्यालयको शैक्षिक गुणस्तर अविवृद्धि गर्न तथा विद्यार्थीहरूको शैक्षिक लगायत अतिरिक्त क्रियाकलापहरूमा क्षमता अविवृद्धि गर्नको निम्ति विभिन्न सहयोगात्मक कार्यक्रम, छात्रवृत्ति, तालिम तथा प्रतियोगात्मक गतिविधिहरू संचालन गर्दै आइरहेको छ ।
अमर ज्योति पूर्व विद्यार्थी समाजले शिक्षा, संस्कार र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै काम गरिरहेको छ। यस समाजको मुख्य उद्देश्य पूर्व विद्यार्थीहरूलाई एकजुट गर्नु मात्र नभई, उनीहरूको सीप र अनुभवलाई समुदायको विकासमा प्रयोग गर्नु हो।
Read More
अमर ज्योति पूर्व विद्यार्थी समाजले भविष्यमा अझ बढी विकास र योगदानका अवसरहरू सिर्जना गर्ने लक्ष्य राखेको छ। समाजले नयाँ परियोजना, प्रशिक्षण कार्यक्रम, र सामाजिक अभियानहरू सञ्चालन गरेर पूर्व विद्यार्थीहरूको क्षमतामा बृद्धि गर्ने योजना बनाएको छ।
Read More
अमर ज्योति पूर्व विद्यार्थी समाजले समाजमा शिक्षा र संस्कारको प्रचार-प्रसार गर्नुका साथै, समुदायसँगको सम्बन्धलाई अझ मजबुत बनाउने काम गरिरहेको छ। विभिन्न सांस्कृतिक, सामाजिक, र शिक्षा सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरेर समाजले स्थानीय समुदायसँग गहिरो सम्बन्ध बनाएको छ।
Read Moreसदस्यता लिएर पूर्व विद्यार्थीहरूसँग सम्पर्कमा रहनुहोस् र विद्यालयको शैक्षिक विकासमा योगदान दिनुहोस्।